विश्‍वकप फुटबलमा इक्‍वेडरको विजयी सुरुवात, आयोजक कतार पराजित

काठमाडौं, ५ मंसिर । कतारमा आइतबारदेखि सुरु भएको विश्‍वकप फुटबलअन्तर्गत उद्‍घाटन खेलमा आयोजक राष्ट्र कतार पराजित भएको छ । कतारलाई इक्वेडरले २-० गोलअन्तरले हराएको हो ।

इक्‍वेडरको जीतमा दुवै गोल एनर भ्यालेन्सियाले गरे । दुवै गोल पहिलो हाफमै भएका थिए । खेलको १६औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमार्फत गोल गर्दै इक्‍वेडरलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि कुनै गोल भएनन् र इक्‍वेडरले जीत हासिल गर्न सफल रह्‍यो ।

विश्‍वकपअन्तर्गत आज तीन खेल हुँदै छन् । इंग्ल्यान्ड र इरान बेलुकी पौने ७ बजे, सेनेगल र नेदरल्यान्ड्स् राति पौने १० बजे तथा अमेरिका र वेल्स मध्यराति पौने १ बजे आमनेसामने हुँदै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय