आफैंलाई भोट दिन नपाएका पुर्व प्रधानमन्त्रीहरु

परेवान्युज

काठमाडौं, ४ मंसिर । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही पुर्व प्रधानमन्त्रीले आफैंलाई भोट दिन पाएनन् । त्यसमा पनि दुई शीर्ष नेताहरुले आफैं उम्मेदवार हुँदा पनि आफैंलाई भोट दिन पाएनन् ।

नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफैंलाई भोट हाल्न पाएनन् ।

प्रचण्ड गोरखा-२ बाट उम्मेदवार छन् तर उनले भोट चितवन-३ को शिवनगरमा दिए । उनको स्थायी ठेगाना चितवनको भरतपुर -१४ हो । यसैगरी एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर सुर्यविनायकमा छ । उनले भक्तपुरमा मतदान गरे । तर, उनको उम्मेदवारी झापा-५ बाट छ ।

यता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द भने यसपटक उम्मेदवार नै छैनन् । त्यसैले उनीहरुले पनि आफुलाई भोट दिनै परेन ।

यता पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भने आफ्नै निर्वाचन क्षेत्रमा आफैंलाई भोट दिएका छन् ।

नेपालको रौतहट र खनालको इलाममै मतदाता नामावली छ । उनीहरु त्यहीँबाट उम्मेदवार छन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय