मतदान सुरु, स्थिति सामान्य

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । देशको धेरै जसो मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुचारु भएको हो ।

निर्वाचनका लागि मतदाताको लाइन भने बिहान ६ बजे नै शुरु भइसकेको थियो । अहिलेसम्म निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलया समेत राजनीतिक दलका नेता र केही मन्त्रीहरुले पनि आफ्नो मतदान केन्द्रमा पुगेर मत खसाली सकेका छन ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भक्तपुरको लोकन्थली स्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका छन् । सो केन्द्रमा अपांगता भएका व्यक्तिले पहिलो मतदान गरेका थिए भने त्यसपछि थपलियाले मतदान गरे ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिम बाट मतदान गरेका छन् । त्यसैगरी राजनीतिक पार्टीका नेताकार्यकर्ता मत दिन लाइनमा देखिन्छन् ।

आज बेलुकी ५ बजेसम्म मतदान गर्न पाइनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय