फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं, ४ मंसिर । विश्व फुटबलको महाकुम्भका रुपमा परिचित फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै छ । कुल ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिता २८ दिनसम्म चल्ने छ ।
उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेडर भिड्ने छन् । खेल राति पौने १० बजेदेखि अल बायत रङ्गशालामा सुरु हुने छ ।
विश्वकपको डिफेन्डिङ च्याम्पियनका रुपमा फ्रान्स रहेको छ । अघिल्लो संस्करणको फाइनलमा क्रोएसियालाई ५-२ गोलअन्तरले हराउँदै फ्रान्स च्याम्पियन बनेको थियो ।
विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ वटा समूहमा विभाजन गरिएको छ र एक समूहमा ४ टोली रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ का लागि छनौट हुने छन् ।

