पैसा बाँडेको आरोपमा गण्डकीका अर्थमन्त्री र काठमाडौंमा एमाले उम्मेदवार नियन्त्रणमा

 

काठमाडौं, ३ मंसिर । मतदातालाई प्रभावित पार्ने गरी पैसा बाँडेको आरोपमा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल स्थानीयको नियन्त्रणमा परेका छन । यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ प्रदेश सभा(२) का एमाले उम्मेदवार दिपक निरौला पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रणमा छन । उनी एमालेका तर्फबाट प्रदेशसभा उम्मेदवार हुन् ।

यो क्षेत्रमा प्रतिनिधि सभामा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल उम्मेदवार छन् । मौन अवधिको समयमा शुक्रबार राती एमाले उम्मेदवार निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरीको जिम्मा लगाएका हुन् । निरौलाको सहयोगी एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोल र सोही नगरपालिका वडा नम्बर-६ का वडाअध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले यो पकाउ नभई स्थानीयको भीडले घेरा हालेपछि कुनै घटना नहोस भनेर उद्धार गरिएको मात्रै भनेको छ । तर, स्थानीयले नाराबाजी र होहल्ला गर्दै निरौलाको उम्मेदवारी खारेज हुनुपर्ने भनेका छन् ।

यता, उम्मेदवार निरौलाले भने आफू क्यान्सरका बिरामी भेट्न गएको बताएका छन् । प्रहरी नियन्त्रणमै रहदा उनले फेसबुकमा लेखेका छन- ‘म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा यस्तो भएको हो । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस् ।’

यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर-३ का गठबन्धनबाट उम्मेदवार रहेका रामजी बराल (जीवन) लाई पनि पैसा बाडेको आरोपमा स्थानीयले घेरामा राखेका थिए । उनी माओवादी केन्द्रका उम्मेदवार तथा हालका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय