पोखराको आन्तरिक उडान एक साताका लागि प्रभावित हुने

पोखरा, २ मंसिर । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान एक साताका लागि प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि मंसिर ५ गते (सोमबार)देखि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ ।

१२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि उक्त विशेष जहाजले धेरैपटक उडान तथा अवतरण गर्ने छ र सो क्रममा नियमित उडानहरु भने प्रभावित हुने छन् ।

वायुसेवा कम्पनीहरुले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित समेत गराएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...