सिए पढ्दै गरेका मदन सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

चितवन, ३० कात्तिक । चितवन स्थायी घर भइ हाल काठमाडौंमा अध्ययन गरिरहेका एक २२ वर्षीय युवा सम्पर्कविहीन भएका छन् । प्राइम कलेजमा सिए पढ्दै गरेका मदन गौतम गत आइतबारदेखि बेपत्ता भएका हुन् ।

बानेश्‍वरस्थित होमेज छात्रवासमा रहँदै आएका उनी आइतबार विहान ६ बजे होस्टलबाट निस्किएको सिसीटिभी फुटेजमा देखिएको छ  । त्यसपछि उनी सम्पर्कमा आएका छैनन् ।

चितवनमा उनका परिवारका सदस्य चिन्तित छन् भने खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई कतै देखेमा वा भेटेमा ९८६०७०६४०९ र ९८२५२१६८२८ मा सम्पर्क गर्न भनिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय