प्रचण्ड सहभागी हुने कार्यक्रमस्थलनजिकै बम बिस्फोट
भोजपुर, ३० कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी हुने तय भएको कार्यक्रमको सभास्थल भन्दा २०० मिटर टाढा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
विस्फोटका बेला प्रचण्ड भने कार्यक्रमस्थलमा पुगिसकेका थिएनन् ।
विस्फोटमा परेर १ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।