चितवन-२ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड

चितवन, ३० कात्तिक । चितवन क्षेत्र नं २ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठको कारमा तोडफोड भएको छ ।

बुधबार विहान प्रचारका क्रममा पुरानो मेडिकल कलेजअगाडि बा ३ च २०५० नम्बरको प्राडो कारमा तोडफोड भएको हो ।

गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गाडीको सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय