आगलागीमा परेर भक्तपुरमा एकजनाको मृत्यु

काठमाडौं, ३० कात्तिक । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै बुधबार विहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ । तीन तल्ले कच्ची घरमा आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको ज्यान गएको हो ।

सुस्त मनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय