प्रदीप खड्काले भारतमा जिते अवार्ड

काठमाडौ, २८ कात्तिक । बहुचर्चित प्रेमगीत-३ चलचित्रका अभिनेता प्रदीप खड्काले भारतमा अवार्ड जितेका छन् । भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा प्रदीपले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।

अभिनेता खड्काले आफूले अवार्ड पाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । प्रदिपले फेसबुकमा अवार्डको तस्बिर पनि सार्वजनिक गर्दै आयोजकलाई धन्यवाद समेत दिएका छन् ।

अवार्डका लागि अभिनेता प्रदीप र ‘प्रेमगीत’ का निर्माता तथा निर्देशक सन्ताेष सेन भारत गएका थिए । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ पहिलो पटक हिन्दी संस्करणमा प्रदर्शन गरिएको हो ।

यो फिल्मले नेपाल र भारतमा राम्रो प्रदर्शन गरेको थियो । फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको निर्माण युनिटको दावी छ । यो फिल्मले नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको निर्माता सन्तोष सेनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय