युएईद्वारा नेपाललाई बलियो लक्ष्य प्रस्तुत

काठमाडौं, २८ कात्तिक । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेल जित्‍नका लागि नेपालले २६४ रनको विजयी लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो । उसका रोहन मुस्तफाले सर्वाधिक ५३ तथा मोहम्मद वासिमले ४४ र वृत्या अरविन्दले ४० रन बनाए ।

अलिशान शराफुले २९ रन बनाउँदा अहमद राजा २७ रनमा अविजित रहे । नेपालका गुलशन झाले २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रदैं छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...