नेपाल र युएईबीचको एकदिवसीय श्रृंखला आजदेखि
काठमाडौं, २८ कात्तिक । नेपाल र युएईबीच आजदेखि तीन खेलको एकदिवसीय श्रृंखला सुरु हुँदै छ । श्रृंखलाअन्तर्गत पहिलो खेल आज विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।
नेपालले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ भने युएईले पनि सिपी रिजवानको कप्तानीमा टोली घोषणा गरेको छ ।
एकदिवसिय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १९औं स्थानमा छ भने युएई १६औं स्थानमा रहेको छ ।