
आगलागीमा एक घर जलेर नष्ट
चन्द्र पौडेलबेलबारी, २७ कात्तिक । मोरङको बेलबारी नगरपालिका-७ बाहुनीमा आइतबार बिहान करिब १ बजे आगलागी हुँदा एक घर जलेको छ । विद्युत शर्ट भएर स्थानीय अरुणकुमार मेहताको घरमा लागो लाग्दा जलेर पूर्णरुपमा नष्ट भएको हो ।


मेहताका अनुसार अघिल्लो दिन धान बेचेर ल्याएको नगद ४५ हजार रूपया लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट भएका छन् ।

३ वटा दमकल र स्थानीयको सहयोगमा आगलागी भएको दुई घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।
घर जलेपछि मेहताको ५ जनाको परिवार छिमेकीको घरमा बसेका छन् ।
Comments

