
धादिङको ज्वालामुखीमा जीप दुर्घटना हुँदा एकको मृत्यु
धादिङ, २६ कात्तिक । धादिङमा शनिबार राति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका-४ टारीबाट अर्यालगाउँ जाँदै गरेको जीप टारीमा दुर्घटनामा परेको हो ।


ग १ ज ५५८० नम्बरको पराल बोकेको जीप शनिबार राति करिब साढे ८ बजेको समयमा आफैं अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चालकसहित ६ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको थियो ।
Comments

