कप्तानमा नियुक्त रोहितलाई बधाईको ओइरो
काठमाडौं, २६ कात्तिक । नेपाली क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएपछि उनलाई बधाई दिने ओइरो नै लागेको छ ।
उनलाई क्रिकेट क्षेत्रका मात्रै नभई राजनीतिक वृत्तबाट पनि बधाईको ओइरो लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्वप्रधानम्न्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तानमा नियुक्त भएका रोहितलाई बधाई दिएका छन् ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा रोहितको तस्वीरसहित बधाई दिएका हुन् ।