किसानलाई धान भित्र्याउने चटारो, कृषि मजदुरको अभाव

चन्द्र पौडेल

 

बेलबारी, २४ कात्तिक । पछिल्लो केही वर्ष यतादेखी बढ्दो सङ्ख्यामा रोजगारी खोज्दै युवाहरू विदेशिएपछि ग्रामीण भेगमा यतिबेला किसानलाई पाकेको धान भित्र्याउन हम्मेहम्मे परेको छ ।
कात्तिक महिना लागेसँगै किसानहरुलाई धान काट्न चटारो परेको होे ।

असार महिनामा लगाएको धानबाली कात्तिक लागेदेखि नै पहेंल हुन थालेको थियो । खेतमा धान पाकेर पहेँलै भएपनि यतिबेला खेतमा धान काट्ने कृषि मजदुरको अभाव भएपछि धान काटेर उठाउन समस्या भएको किसानहरु बताउँछन् ।

युवाहरु विदेशिएसँगै गाउँका अधिकाशं खेतीपातीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेतीपाती गर्न जनशक्तिको अभाव हुने गरेको छ ।

‘सुविधा खोज्दै दिनानुदिन बढ्दो सङ्ख्यामा केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको छ’, बेलबारी नगरपालिका-७ निवासी डम्बर कुमारी आचार्यले बताईन् । उनी उमेरले ६२ वर्षकि भैईन उनका ५ भाई छोरा र एक छोरी छन् तर यतिबेला उनलाई पाकेको धान घर भित्र्याउन निकै मुस्किल परिरहेको छ ।

खेतको गरामा भेटिएकी उनले लामो लामो सास फेर्दै पसिना नै पसिनाले निथुरुक्क भएको अनुहारलाई बर्कोले पुछ्दै भनिन्, ‘खेती गर्ने जनशक्ति पाइदैन, आफुले सकिनसकी गर्नु परेको छ । युवाशक्ति, अलिकति पढेलेखेका शहर बसेर व्यापार, व्यवसाय पेशामै रम्न थाले त कोही विदेश पलायन हुन थाले’ ।

मोरङ बेलबारीमा रहेको १० हजार बिघा भन्दा बढी खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घट्दै गएको स्थानीय ८० वर्षका जितबहादुर राईले बताए ।
शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने विदेशिएका परिवार पनि सुबिधा खोज्दै सहरमा बसाइँ गर्न थालेपछि गाउँका घरमा बुढाबुढी मात्रै देखिन्छन् उनले निन्याउरो बनाउदै दुखेसो पोखे ।

वषाैं देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन् । एकातिर कामदारको अभाव छ भने अर्को तर्फ खेतीयोग्य जमिनलाई प्लटिङ गर्ने क्रम उत्तिकै बढेको छ ।

खेतीयोग्य जमिन बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएर मुल्यवृद्वि हुन थलेको छ । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गर्नुपर्ने भएकोले मुल्यवृद्धि हुने गरेको व्यापारीको भनाई छ ।

अर्को तर्फ बाली लगाउने समयमा सोचे भन्दा बढी लगानी भैईसकेकाले बाली उठाउने समयमा उपकरण लगाउदा थप लगानी हुने भएकाले पाकेको बाली उठाउन मजदुर अभाव रहेको किसानहरु बताउँछन् ।

किसानले बाली लगाउदा देखी बाली उठाउन समेत उपकरणको प्रयोग गर्दा लगाएको बालीले लागत मूल्य पनि नउठ्ने हो कि भन्ने चिन्ता किसानलाई छ । पछिल्लो समयमा आधुनिक उपकरण भित्रिएसँगै किसानहरूले व्यवसायिक खेतीमा ठुलो लगानी लगाउने गरेका छन् ।

ठुलो लगानीमा लगाएको बालिले बिक्री गर्ने समयमा उचित मूल्य नपाउदा उपकरणको भरमा मात्र काम गर्दा फाइदा नहुने किसानहरूको भनाइ छ । काम गर्ने मजदुर नहुँद केही किसानहरुले जसो तसो बाली उठाउनको लागि आधुनिक उपकरण प्रयोग गर्ने गरेका छन् । जसरी भएपनी पाकेको बाली उठाउनको बालकदेखि वृद्धहरु लागि परेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...