प्रदेश १ का वनमन्त्रीको निधन

विराटनगर, २३ कात्तिक । नेपाली काङ्ग्रेसका नेता एवं प्रदेश नं-१ का वनमन्त्री एवं मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।

उम्मेदवारी दर्ता गरेकै भोलिपल्ट देखि बिरामी रहेका थापाको निमोनियाका कारण मृत्यु भएको जनाइएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ

विराटनगरस्थित नोबल अस्पतालमा उपचारको क्रममा बुधबार उनको निधन भएको नेपाली काङ्ग्रेसले जनाएको छ । उनको आजै दाहसंस्कार गरिएको छ ।

कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउने आयोगको भनाइ छ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने पनि निर्वाचन आयोगले स्पष्ट गरेको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन,दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउने छ ।

त्यो सबै प्रक्रिया एकैदिनमा वा दुई दिनमा हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय