फिल्ममा गुन्डा लखेटेजस्तै चुनावमा भ्रष्ट लखेट्नुस्: रेखा थापा

चन्द्र पौडेल

मोरङ, २३ कात्तिक । नेपाली चलचित्रकी नायिका एवं राप्रपा नेतृ रेखा थापाले आफुले चलचित्रमा गुण्डालाई कुटेर लखेटे जस्तै जनताले भ्रष्ट र एमसिसी (MCC)का मतियारलाई लखेट्ने दिन आएको बताएकी छिन् ।

मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेकी थापाले बुधबार बेलबरीमा आयोजित चुनावी घरदैलोलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । उनले यसपटक जनताको मतले भ्रष्ट र दलाललाई लखेट्नुपर्नेमा जोड दिइन् ।

‘पटक-पटक तपाईंको मत दुरुपयोग भएको छ, यसपटक सचेत हुनुस्’, उनल मतदातालाई भनिन्- ‘मत किन्न खोज्ने र मत लुट्न खोज्नेलाई मैले फिल्ममा गुण्डा लखेटे जस्तै गरि लखेट्नुस र मत नदिनुस ।’

नायिका थापाले आफू स्थानिय चेली पनि भएकोले मत माग्ने हक आफुसँग मात्रै भएको भन्दै अन्य उम्मेदवार टुरिष्ट बनेर आउने र मत दिएपछि बेपत्ता हुने भएकोले उनीहरुको मत माग्ने अधिकार समेत नभएको उनको तर्क थियो ।

उनले सबैको भलो सोच्ने देशभक्त पार्टी राप्रपा मात्रै भएको भन्दै देशलाई समृद्ध बनाउन र सबैको चेतना जगाउन आफू चलचित्र सङ्गै राजनीतिमा पनि सक्रिय रहेको बताइन् ।

‘तपाइहरुको मत दुरुपयोग भएको हेर्न सकिन, त्यसैले राजनीतिमा आए अब भ्रष्ट र दलाललाई ठेगान लगाउने हो मलाई साथ दिनुस्’,  उनले भनिन- ‘म तपाईंहरु कसैलाई धोका दिन्न, यो चेलीको वचन हो ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...