पाकिस्तान टी-२० विश्वकपको फाइनलमा
काठमाडौं, २३ कात्तिक । पाकिस्तान अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधिनजिक पुगेको हो ।
न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले पाँच बल बाँकी रहँदै केवल ३ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जीतमा मोहम्म रिजवानले ५७ रन बनाए भने कप्तान बाबर आजमले ५३ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ तथा मिचेल सान्टनरले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । डारिल मिचेल ५३ रनमा अविजित रहेका थिए भने कप्तान केन विलियमसनले ४६ रन बनाए । पाकिस्तानका शाहिन अफ्रिदीले २ तथा शादाब खानले १ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा भोलि भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।