थारु कल्याणकारिणी समितिले मनायो ‘सामा चकेवा’ पर्व

चन्द्र पौडेल

मोरङ, २३ कात्तिक । दाजु, बहिनीबीच प्रेमको प्रतिकको रुपमा रहेको सामा-चकेवा पर्व मंगलबार थारु कल्याणकारिणी सभा नगर समिति मोरङ बेलबारीले बाहुनी बजारमा नगर स्तरीय सामा-चकेवा साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

दाजुभाइलाई दिदीबहिनीहरुले आशिषका गीत, महिमा गाएर सामा-चकेवा सम्पन्न गर्ने चलन छ । ‘सामा खेल गेलिह हौ भैषा चखेवा ल्याई गेल चोर, हमर भैया जुगजुग जीवत भौजोक बढ्त अहिवात’ लगायतका गीत गाउने चलन छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चखेवा सतभैया, भमरा बृन्दावन लगायत दही चिउरा बाँसको चँगेरीमा हालेर टाउकोमाथि राखेर दिदीबहिनीहरु खोला तलाउको छेउमा राति अबेरसम्म गीत गाएर दाजुभाइलाई आशिष दिने प्रचलन रहेको छ ।

सामा-चकेवा मधेसका दिदीबहिनीहरुले महत्वका साथ मनाउँछन् । छठ पर्वदेखि नै तराईका घरघरमा साझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती, महिला, वृद्धाहरु समुहमा बसेर गीत गाउने गरेका धनिराज चौधरीले बताए । सामा, चकेवा चुगलाको माटोको विभिन्न आकृतिको मूर्ति ढक्कीमा राखेर दाजुभाईको दीर्घायुको कामना गर्ने । द्धापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दिर्घायुको कामना गर्दै सामा पर्व मनाउने बारे चौधरीले प्रकाश पारे ।

आयोजित कार्यत्रमका बोल्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिल बहादुर राईले सामा-चकेवा पर्वको शुभकामना दिदैं यसमा थारुहरुको कलाको पौराणीक, ऐतिहासिक सांस्कृतिक सभ्यताको संरक्षण गर्ने भएकाले यसको जर्गेनामा सबै एकजुट हुनुपर्नेमा जोड दिए । यस्ता मौलिकता झल्काउने धार्मिक,सास्कृतिक रितीरिवाज जर्गेनाका निम्ती नगरपालिकाले जिवित सङ्ग्रहालय (पार्क) निर्माणमा आदिवसी जनजातिहरुसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

त्यसै क्रममा बोल्दै बेलबारी वाड नं. ७ की वडा अध्यक्ष सुनिता चौधरीले धर्म संस्कृति कुनै व्यक्ति विशेषमा मात्र नहुने यसले समग्र राष्ट्को प्रतिनिधित्व गर्ने भएकाले सबैले एकआपसमा हातेमालो संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिइन् । उनले भनिन्- ‘चुनावको माहोल भएकाले भ्रमपूर्ण खबरहरु बाहिर आएकाले वडाबासीहरुलाई यस्ता भ्रमीत सामाचारहरुको पछि नलाग्न आग्रह गरिन् ।

वडा नं ७ ले वडा विकासको लागि ५० लाख र काफ्ले टोल विकासका निम्ति ७ लाख छुट्याएको रकम कतै नगएको र बाहुनी विकासका लागि खर्च हुने समेत उनले प्रष्ट पारिन । चौधरीले खेलकुद विकासका लागि नगरपालिकासंग सहकार्य गरेर अघि बढेको बताइन् ।

आयोजित कार्यक्रममा विभिन्न झाँकीहरु प्रर्दशनीका साथै स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

तस्वीरहरु: चन्द्र पौडेल, परेवान्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय