प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ गम्भीर

काठमाडौं, २२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी एवं सो पार्टीकि केन्द्रिय सल्लाहकार सीता दाहालको स्वास्थ्य थप जटिल बन्दै गएको छ ।

उनको काठमाडौको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । शनिबारदेखि स्वास्थ अवस्था झन् गम्भीर बन्दै गएपछि उनलाई एनआइभी (नन् इन्भेसिभ भेन्टिलेटर)मा राखिएको छ । एक साताअघि मात्रै अस्पतालले उनलाई डिस्चार्ज गरी घर पठाएको थियो ।

छोरा प्रकाश दाहालको मृत्युपछाडि नै उनलाई गम्भीर प्रकारको स्वास्थ समस्या देखा परेको थियो । यस अघि पनि १६ अस्पतालमा राखेर उपचार गरि घर लगिएको सिताको स्वास्थ अवस्था गम्भीर भएपनी निको नै नहुने वा आशा मारिहाल्नुपर्ने अवस्था भने नभएको अस्पतालको भनाइ रहेको उनको पारिवारिक सदस्यले बताए ।

उनको स्वास्थ्यमा छिन-छिनमै उतार चढाव आउनुमा उनको जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ कै कारण भएको चिकित्सकको बुझाइ छ । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

चिकित्सकका अनुसार सितालाइ देखिएको पीएसपी रोग लागेको मानिसलाई आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय