जब विजय गच्छदारलाई लालसलाम भन्न आएन….

सुनसरी, २१ कात्तिक । पुर्व उपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पुर्व उपसभापति विजय कुमार गच्छदार यतिबेला सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार छन् ।

उनको निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित गठबन्धनका अरु उम्मेदवार पनि संगै घरदैलोमा छन् । यो टिमले सोमबार दिउँसो २ बजे इटहरीको संगीतचोकमा कोणसभा पनि गर्यो ।

त्यस सभामा गच्छदार सहित माओवादी नेतृ सरस्वती पोखरेल र एकीकृत समाजवादीका नेता पनि वक्ता थिए । जब प्रमुख अतिथी बनेर गच्छदार मन्चमा भाषण गर्न उभिए उनले गठबन्धनका अन्य दलको नाम समेत शुद्ध उच्चारण गरेनन् ।

गच्छदारले माओवादीलाई ‘बाममोर्चा’ माओवाद र एकीकृत समाजवादीलाई माधवकुमार नेपालको पार्टी भनेर सम्बोधन गरे ।
छोटो भाषणमा उनले खासै राजनीतिक र विकासका कुरा गरेनन् । तर, गठबन्धनको कारण भारतले प्रगति गरिसकेको भन्दै उनले अहिलेको गठबन्धनले पार्टी भित्रका कसैको भाग खोसिएको भएपनी गठबन्धन देशको हितमा रहेको समेत भन्न भ्याए ।

त्यसपछि भाषण बिट मार्दै उनले जय नेपाल भने । तर, सँगै माओवादी र समाजवादीका नेताकार्यकर्ता देखेपछि उनले लाल सलाम भन्न खोजे तर सकेनन् । ‘मलाइ लालसलाम भन्नै आउँदैन’ उनले भने- ‘लाल सलामको सट्टा बरु लोकतान्त्रिक बाम गठबन्धन जिन्दावाद भनौं ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय