निर्वाचन प्रचार सामाग्री हस्तान्तरण
काठमाडौं, २१ कात्तिक । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले प्रदेशका १३ वटै जिल्लामा प्रचारप्रसार सामाग्री पठाएको छ ।
बागमती प्रदेश भित्रका १३ जिल्ला र सो जिल्ला भित्र पर्ने प्रदेश निर्वाचन क्षेत्रमा उक्त सामाग्री पठाइएको हो । यसैक्रममा काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ प्रतिनिधि सभाको प्रदेश (१) र (२) लाई प्राप्त सामाग्री पनि एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेशबाट प्राप्त ती सामाग्री क्षेत्रीय निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक हरिबोल भन्डारी, प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे, नेपाली काङ्ग्रेस काठमाडौ-३ का कार्यवाहक क्षेत्रीय सभापति श्रीराम चालिसे र प्रदेस सभा(२) निर्वाचन प्रचार संयोजक विष्णुदेवी पुडासैनीलाई ती प्रचार सामाग्री नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य नानु दाहालले हस्तान्तरण गरेकी हुन् ।
प्रदेशको चुनाव प्रचारप्रसार समिति सदस्य रहेकी दाहाललाई बागमती प्रदेशले काठमाडौ क्षेत्र नम्बर-३ को(२) मा प्रचार गर्न खटाएको थियो । यो क्षेत्रमा नेपाली काङ्ग्रेसका बिमल ठकुरी चुनावी मैदानमा छन् ।
बागमती प्रदेशले प्रत्येक निर्वाचन क्षेत्रलाई सहयोग स्वरुप पार्टीकाे झण्डा, चुनाव चिन्ह रुख अङ्कित झन्डा र घाेषणा पत्र उपलब्ध गराएको र सोही सामाग्री हस्तान्तरण गरिएको हो ।