काठमाडौं ३ मा सन्तोषको सभ्य प्रचार

काठमाडौं, १०‌ कात्तिक । काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ निवासी सन्तोष चालिसे यतिबेला भोट माग्न वस्त छन् ।

घरबाट निस्केपछि बाटोमा भेटिएका मठ मन्दिरको दर्शन गर्ने तथा सडक, चिया पसल र व्यवसाय गरेर बसेका सबैलाई नमस्कार गर्दै हालखबर सोधेर गन्तव्य सम्म पुग्ने अहिले उनको दैनिकी भएको छ । सरल,शालीन र भद्रता उनको अर्को परिचय हो ।

गोकर्णेश्वर नगरपालिकाको प्रथम मेयर भएर जनतासंग काम गरिसकेका सन्तोषलाई मंसिर-४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ बाट गठबन्धनको साझा उम्मेदवार बनाएको छ । उनको चुनाव हाँक्ने कमान्डर भने काङ्ग्रेसका युवा नेता हरिबोल भन्डारी छन् ।

भन्डारीले भोलिपल्टको घरदैलो र भेटघाट समेतको सेड्युल अघिल्लै दिन दिएपछि सन्तोष त्यसै अनुसार नेताकार्यकर्ता सहित घरदैलोमा पुग्छन् । भन्डारी नेपाली काङ्ग्रेस पार्टीभित्र मात्रै होइन अन्य दलसँग पनि समन्वय गर्न सक्ने युवा नेता हुन् । उनकै पहलमा गठबन्धन भित्रका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि सहकार्य गरेर जान तयार भएका छन् । यसले सन्तोष चालिसेको पक्षमा चुनावी लहर अझै बलियो बन्दै गएको छ ।

पटक-पटक जनप्रतिनिधि भएर काम गरिसकेका कारण सन्तोषलाई व्यक्तिगत रुपमा पनि धेरैले चिन्छन । त्यसैले उनको घरदैलोमा गठबन्धन बाहेक अन्य राजनीतिक दल र स्वतन्त्र ब्यक्तिहरुको पनि शुभेच्छा र साथ देखिन्छ । उनले सप्ताहब्यापी ‘नागरिकसँग उम्मेदवार’ कार्यक्रम सकेर १८ गतेदेखि चामुन्डा मन्दिर परिसरबाट घरदैलो सुरु गरेका थिए ।

सन्तोषले चुनावी घरदैलो र प्रचारप्रसार कार्यक्रमलाई पनि सभ्य र अनुशाशीत बनाएका छन् । उनको घरदैलो र जनभेटघाट कार्यक्रममा आफू समेत गठबन्धनका अन्य उम्मेदवार र आफ्नो पार्टीलाई मत माग्ने बाहेक अरु कसैप्रती आरोप प्रत्यारोप गरेका छैनन् ।

सन्तोषको यो शालिनतालाई देखेर विपक्षीले समेत उनिमाथी कुनै दोष र खोट देखाएको पाइदैन । ‘पार्टी भन्दा पनि व्यक्तिगत हिसाबले सन्तोष चालिसे जनताको काम गर्ने मान्छेको रुपमा मैले बुझेको छु’ उम्मेदवार सन्तोष चालिसेका बारेमा मिराज क्याफेका संचालक तथा ब्यबसायी बिष्णु बस्ताकोटी भन्छन्-‘सन्तोषमा जनताको काम गर्नुपर्छ भन्ने चाहना, भावना र अठोट देखेको छु ।’
सन्तोषको निर्वाचन क्षेत्र भित्र उनैले नेतृत्व गरेको गोकर्णेश्वर नगरपालिका भित्रका ९ वटा वडा,छिमेकी कागेश्वरी-मनोहरा नगरपालिकाको १,२ र ३ वडा तथा काठमाडौ महानगरपालिकाको वडा नम्बर-६ पर्दछ ।

यो निर्वाचन क्षेत्रमा ५८ हजार मतदाता रहेका छन । जसमा सबैभन्दा कम उनको आफ्नै वडा गोकर्णेश्वर-९ र सबैभन्दा बढी काठमाडौ महानरपालिका वडा नम्बर-६ मा रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय