काठमाडौं क्षेत्र नम्बर-३ मा काङ्ग्रेसको घरदैलो जारी

काठमाडौं, १९‌ कात्तिक । नेपाली कांग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ ले घरदैलो अभियान जारी राखेको छ ।

शनिबार गोकर्णेश्वर-८ मा प्रतिनिधिसभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश (२) का बिमल ठकुरी सहित घरदैलो गरिएको चुनाव प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले बताए ।

यसैगरी प्रदेश(१) का उम्मेदवार छिरिङ दोर्जे लामाले काठमाडौ महानगरपालिका -६ अरुणिमा अगाडि सम्पर्क कार्यालय उद्घाटन र घरदैलो सुरु गरेको पनि भन्डारीले जानकारी दिए ।

काठमाडौं-३मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता सन्तोष चालिसे प्रतिनिधि सभा उम्मेदवार छन् । यसैगरी प्रदेश सभा (१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी उम्मेदवार छन् ।

यद्यपि बिमलको क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता महेश्वर फुयाल पनि प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धन दलको सहमति छ ।

शुक्रबार चामुन्डा मन्दिर दर्शनपछि उम्मेदवार सहित नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्केका थिए ।’ हामी हरेक दिन जनताको दैलोमा पुग्नेछौ’ चुनाव परिचालन तथा प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले परेवान्युजसङ्ग भने-‘जनताको उत्साह र हौसला देखेर हामीलाई उर्जा मिलेको छ,हामी काङ्ग्रेसको पक्षमा चुनावी नतिजा आउनेगरी रणनीतिक महत्त्वका साथ सफल बनाउछौ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय