काठमाडौं ३ मा काङ्ग्रेसले थाल्यो घरदैलो

काठमाडौं, १८‌ कात्तिक । नेपाली कांग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ ले घरदैलो सुरु गरेको छ । शुक्रबार बिहान जोरपाटी चामुन्डा मन्दिरको दर्शन गरि उम्मेदवारहरुले घरदैलो सुरु गरेका हुन् ।

काठमाडौ-३मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता सन्तोष चालिसे प्रतिनिधि सभा उम्मेदवार छन् । यसैगरी प्रदेश सभा (१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी उम्मेदवार छन् । यद्यपि बिमलको क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता महेश्वर फुयाल पनि प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धन दलको सहमति छ ।

मन्दिर दर्शनपछी घरदैलो गर्दै उम्मेदवार सहित नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर जोरपाटी, नयाँबस्ती, सर्बेश्वर, जम्बुडाँडालगायत क्षेत्रमा घरदैलो गर्न पुगेका थिए ।

‘अबको समय एक मिनेट पनि ढिला नगरी जनताको दैलोमा पुग्नेछौ’ चुनाव परिचालन तथा प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले परेवान्युजसँग भने- ‘हामीले सप्ताहव्यापी नागरिकसँग उम्मेदवार अभियान सफल बनाएर दोस्रोचरणमा प्रवेश गर्यौं अब यसलाई पनि रिजल्ट आउनेगरी रणनीतिक महत्त्वका साथ सफल बनाउछौँ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...