ज्योतिषले मलाई ‘देउवा हराउने योग छ’ भने: मल्ल

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेस वीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई ज्योतिषले नै नेपाली काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हराउने योग परेको भनेका छन् ।

मल्लले ज्योतिषकै सल्लाह अनुसार उम्मेदवारी दिएकोले यो पटकको चुनावमा कांग्रेस सभापती एवं प्रधानमन्त्री देउवालाई हराउने दाबी गरेका छन् ।

डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्। ‘ज्योतिषले मलाई यस पटक देउवालाई हराउने ग्रह दशा रहेको बताएका छन्’-उनले भने ‘देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुने भनेर भन्नुहुन्छ,अब उहाँ के का लागि छैठौं, सातौ पटक प्रधानमन्त्री बन्नुहुन्छ? मेरो ज्योतिषले पनि मलाई यसपटक तिम्रो ग्रह दशाले शेरबहादुर देउवालाई हराउने छ भन्दैछन् ।’

मल्लको यो दाबी आउँदै गर्दा कांग्रेस डडेल्धुराका पूर्वसभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पनि विज्ञप्ती जारी गर्दै मल्ल र प्रदेशसभा (२) का स्वतन्त्र उम्मेदवार डा.तारा जोशीको पक्षमा लाग्ने बताएका छन् ।

नेपाली काङ्ग्रेसका जिल्लाका नेताहरू आफ्नो पक्षमा खुलेपछि मल्ल थप उत्साही भएको र चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय