काङ्ग्रेसको ‘नागरिकसँग उम्मेदवार’ कार्यक्रम सकियो, अब घरदैलो

काठमाडौं, १७ कात्तिक । नेपाली काङ्ग्रेस काठमाडौ-३ निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको आयोजनामा सुरुभएको सप्ताहब्यापी कार्यक्रम ‘नागरिकसँग उम्मेदवार’ सकिएको छ ।

चुनाव परिचालन तथा प्रचार संयोजक हरिबोल भन्डारीले आज पत्रकार सम्मेलन आयोजना गरि ‘नागरिकसङ्ग उम्मेदवार’ अभियान सफल भएको बताए । उनले एक सातामा उम्मेदवारहरुले झन्डै १०० वटा कार्यक्रम गरि नागरिकका गुनासो सुनेको र जनतासँग प्रत्येक्ष भेटघाटले काङ्ग्रेस र जनताको सम्बन्ध पनि धेरै नजिक बनाएको बताए ।

भन्डारीका अनुसार अब निर्वाचन आयोगकै कार्यतालिका अनुसार शुक्रबारदेखि घरदैलो सुरु हुनेछ । यसैगरी बिहिवार दिउँसो पत्रकार सम्मेलन गरि क्षेत्र नम्बर-३ का उम्मेदवारले आफ्नो प्रतिबद्धता-पत्र सार्बजनिक गरे । सो अवसरमा विकास निर्माण,पर्यटन,कृषि,शिक्षा लगाएत क्षेत्रमा गर्न सक्ने कामको बारेमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे,प्रदेस सभा उम्मेदवारद्वय छिरिङ दोर्जे लामा र बिमल ठकुरी तथा चुनाव प्रचार संयोजक हरिबोल भन्डारीले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमको तेस्रो दिन आज गोकर्णेश्वर नगरपालिका शंकर चोकमा आयोजित भेटघाटमा प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसेले आफुले जनतासङ्ग जोडिएर धेरै काम गरेको तर बाकी काम सप्पन्न गर्न फेरि जनतामाझ आएको बताए ।

सो अवसरमा स्थानीय जनताले खानेपानीको समस्या रहेको बताएपछि उनले त्यसबारेमा आफू गम्भीर भएको भन्दै यथासक्य छिटो समस्या हल गर्न लागिपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा उम्मेदवारहरु छिरिङ दोर्जे लामा र बिमल ठकुरी तथा समानुपातिक उम्मेदवार गोबिन्द पुडासैनी,निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक हरिबोल भन्डारी लगाएतले जनताको समस्या समाधानकै लागि नेपाली काङ्ग्रेस जनतामा आएको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय