काठमाडौं-३ मा ५८ हजार मतदाता, चालिसे र राई मुख्य प्रतिस्पर्धी

काठमाडौं, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनका सन्तोष चालिसे र एमालेका कृष्ण राई चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी प्रतिस्पर्धामा अन्य स्वतन्त्र उम्मेदवार पनि मैदानमा देखिन्छन् । तर, मुख्य प्रतिस्पर्धा चालिसे र राई बिचनै हुनेछ ।

निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ३ का १३ वटा वडाको कुल मतदाता ५८ हजार ८ सय ८९ रहेको छ ।

काठमाण्डौ क्षेत्र नं ३ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको छ भने सबै भन्दा कम मत गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको छ ।

आयोगका अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा ४ हजार २४०,वडा नं २मा २ हजार ५९६ र वडा नं ३ मा १ हजार ९९१ मतदाता छन् ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३ हजार ४३७, वडा नं २ मा २ हजार ८६६,वडा नं ३ मा ३ हजार ९९७,वडा नं ४ मा ४ हजार ०९१ र वडा नं ५ मा ५ हजार ८०२ मतदाता छन । त्यस्तै गोकर्णेश्वर वडा नं ६ मा ५ हजार ९८९,वडा नं ७ मा १ हजार ७६९,वडा नं ८ मा ४ हजार ८३८ र वडा नं ९ मा १ हजार ७४२ मतदाता रहेको आयोगले जनाएको छ ।

यो निर्वाचन क्षेत्रको सबैभन्दा बढी मतदाता रहेको काठमाण्डौ महानगरपालिका वडा नं ६ मा १५ हजार ५३१ रहेको आयोगले जनाएको ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय