एमालेको घोषणापत्र: भ्रष्टाचार नियन्त्रणमा कठोर

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेले आफ्नो चुनावी घोषणा पत्र सार्बजनिक गरेको छ । यसपटक एमालेले भ्रष्टाचार नियन्त्रणमा कठोर बन्ने कुरा घोषणा पत्रमै लेखेको छ ।

यसैगरी बिजुली फ्री, पानीजहाज, महिलालाई सेनिटरी प्याड किन्न १५०० रुपैयाँ दिने कुरामा पनि एमालेको जोड छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याएर छाड्ने उद्घोष गरे ।

अख्तियारको दुरूपयोग, राष्ट्रिय तथा सरकारी स्रोतसाधनको दोहन र भ्रष्टाचारप्रति निर्मम, कठोर र शून्य सहनशीलताको नीति अपनाइने एमालेले घोषणा पत्रमै लेखेको छ । यसका लागि अनुगमन, अनुसन्धान र छानबिन कार्यलाई सशक्त बनाइने पनि उल्लेख छ ।

घोषणापत्रमा भ्रष्टाचारी एक दिन कानूनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गराउने एमालेले उद्घोष गरेको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले लाइभ छलफल समेत चलाएका थिए । त्यसमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले छलफलमा भाग लिएका थिए । एमाले नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एमाले प्रचार विभागले सहजीकरण गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...