घरदैलोमै रेखा भेटेपछि स्थानीय भन्छन्: तपाईंले गर्नुहुन्छ भन्ने विश्वास छ
चन्द्र पौडेलमोरङ, १४ कात्तिक । मोरङ क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार रहेकी राप्रपा केन्द्रिय सदस्य तथा नायिका रेखा थापाले घरदैलो कार्यक्रमलाई सक्रिय बनाएकी छन् ।
घरदैलोमा रेखा जति खुसी देखिन्छिन त्यो भन्दा बढी खुशी स्थानीय जनता देखिन्छन् । उनीहरु भन्छन्-‘पहिले गफ गर्ने आउथे,अहिले साँच्चै काम गर्ने आउनुभएको छ ।’
फिल्मको पर्दामा मात्रै देखिएकी नायिका थापालाई आफ्नै आँगनमा देखेपछि उत्साही बन्नुका साथै यसपटक भोट माग्न नयाँ अनुहार आएकोमा स्थानीय खुसी छन् । यसैको कारण पनि रेखाको पक्षमा देखिएरै मत माग्नेको संख्या बढेको छ । रेखाको कार्यक्रममा देखिनेको दिनानुदिन उपस्थिति पनि बाक्लिँदै गएको छ ।
सोमबार मोरङको बेलबारी नगरपालिका वाड नं ९ बाहुनीमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै नेतृ थापाले आफु जनताको काम गर्न जनताकै दैलोमा आएको बताएकी छिन् ।
हिजोका दिनमा नेताहरु पटक पटक चुनावका बेला घरदैलो गर्ने र अनेक सपना देखाउने गरेको भन्दै रेखाले आफु उधारो सपना बाढ्न नआएको बताइन् । ‘नेताहरु पटक- पटक आउँछन्, कान पाक्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन् र सपना देखाउँछन्’, रेखाले भनिन्, ‘त्यो सपना उधारो हुन्छ । म सपना देखाउन आएको होइन, तपाईहरुको समस्या सुन्न आएको हो ।’
रेखाले हिजोका दिनमा जनताको मत लिएर जानेले त्यो मतको दुरुपयोग गरेको भन्दै जनतालाई अनेकन प्रलोभन देखाएर मत खोस्नेका विरुद्ध आफू दर्हो भएर जनताको साथमा उभिन आएको बताइन । उनले पटक-पटक मतदान गरेका जनतालाई अब मतदान होइन मतमा लगानी गर्न समेत भनिन् ।
उनले चुनाjको बेला भोट माग्न वा नेता बन्न आफू आएको होइन भन्दै जनतालाई नै नेता बनाउन आएको रेखाले बताईन् । ‘अब कस्तो व्यक्ति चुन्ने, कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईहहरुको हातमा छ’ उनले भनिन्- ‘हिजो जेजे भयो, हिजो आस गरेर जसलाई मत दियौं, अब समय परिवर्तनशील छ । तपाईहरुको अगाडि विकल्पको रुपमा प्रस्तुत हुन आएकी छु ।’
रेखाले एक महिना भन्दा बढि समयदेखि मतदाताको घर घरमा पुगेर समस्या र उनीहरुसFग आफ्नो पक्षमा मत माग्दै आइरहेकी छिन् । उनले हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सही उम्मेदवार छान्ने बेला आएको बताइन् ।
‘अब पहिले जस्तो गल्ती गर्नुहुन्न, हिजो जसलाई जिताउनु भयो, उसले काम गरेको छैन,गरेन भने फरी पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्म ? रेखाले प्रश्न गरिन् ।
तस्वीरहरु: चन्द्र पौडेल, परेवान्युज