सन्दीपविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं, १४ कात्तिक । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको हो ।

सन्दीपविरुद्धको अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।

उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।

यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरिएको परिसर स्रोतले जनाएको छ । क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ।

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।

लामिछानेले भने बारम्बार आफू निर्दोष भएको इन्कारी बयान दिँदै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय