उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गरिंदै

काठमाडौं, १४ कात्तिक । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदै छ । छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।

सूर्यदेवको उपासना गरी मनाइने पर्व छठमा व्रतालुहरुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका थिए । मधेश प्रदेशका विभिन्‍न जलाशय तथा देशका अन्य भूभागका नदी किनारा तथा पोखरीमा व्रतालुहरुले सूर्यलाई अर्घ्य दिएका थिए ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले आज विहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन हुँदैछ ।

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय