काठमाडौं-३ मा काँग्रेस जिताउन सल्लाहकार समिति गठन
काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर-३ ले आगामी मंसिर-४ गतेको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जिताउन सल्लाहकार समिति गठन गरेको छ ।नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय सभापति एवं पुर्व महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि परशुराम पोखरेलको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको हो ।
निर्वाचनका कार्यक्रमलाई प्रभावकारी बनाउन तथा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी बनाउनको लागि सल्लाह दिन एवं लिन यो समिति गठन गरिएको संयोजक पोखरेलले जानकारी दिए ।
आफु रहेको वडाको अबस्थाका बारेमा सत्य तथ्य जानकारी लिइ उम्मेदवारलाई हौसला प्रदान गर्न सबै वडाको प्रतिनिधित्व हुनेगरी सल्लाहकार समिति गठन गरिएको छ ।
समितीमा विभिन्न समयमा पार्टीमा जिम्मेवारी निर्वाह गरेका प्रतिष्ठित व्यक्ति, पुर्व विद्यार्थी, सबै सेवा समुहका पुर्व कर्मचारी, सघं सस्था तथा महिलाको प्रतिनिधित्व हुनेगरी १३ वटा इकाई वडा समितिलाई समावेश गरिएको छ ।
यसैगरी सबै वडा इकाई सभापति, निवर्तमान वडाअध्यक्ष तथा सबै महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य,पूर्व क्षेत्रीय पदाधिकारी समेत समेटिएको छ ।
नेपाली काङ्ग्रेसबाट काठमाडौं-३ प्रतिनिधिसभामा सन्तोष चालिसे,प्रदेश सभा(१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी उम्मेदवार छन् । यसैगरी समानुपातिकको प्रतिनिधिसभा तर्फ अम्बिका बस्नेत र गोबिन्द पुडासैनी उम्मेदवार छन् ।
प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा जित सुनिश्चित गराउन निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति र निर्वाचन लक्षित विभिन्न उपसमिति यस अघि नै गठन भइसकेका छन् ।
यो पनि पढ्नुहोस्:
बिपीको आदर्श र क्रियाशीलतामा परशुराम