काठमाडौं-३ मा गठबन्धनमा अझै खटपट, बिमलको उम्मेदवारी निष्क्रिय भए मात्रै सहमति: बजगाईं

काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्र काठमाडौं-३को क्षत्रीय समितिले जिल्लाको क्षेत्र नम्बर-३ मा उम्मेदवारी दिएका सबै उम्मेदवारको उम्मेदवारी कायमै रहेको बताएको छ ।

यसअघि सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौं क्षेत्र नम्बर-३ को प्रदेश सभा क्षेत्र नम्बर (२)मा मित्रवत प्रतिस्पर्धा गर्ने भनी जारी गरेको सर्कुलरप्रति पनि माओवादी केन्द्रको क्षेत्रीय समितिले असहमति जनाएको छ ।

आइतबार बैठक बसेर समितिले गठबन्धनका शीर्ष नेताले आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं ३ मा प्रतिनिधि सभामा कांग्रेसका सन्तोष चालिसे र प्रदेश सभा १ मा कांग्रेसका छिरिङ दोर्जे लामाको उम्मेदवारी तथा प्रदेशको (२) मा मित्रवत प्रतिस्पर्धा भनेको प्रति असहमति जनाएको छ ।

प्रदेश सभा क्षेत्र (२)मा नेपाली कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ । गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्र माओवादीको भागमा परे पनि कांग्रेसले उम्मेदवारी दर्ताको दिन ठकुरीलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी परेको हो ।

नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर-३ क्षेत्रीय कमिटीका इन्चार्ज तथा प्रदेश सभा उम्मेदवार रहेका महेश्वर फुयालले आइतबार नै विज्ञप्ति जारी गरी-‘कांग्रेसले विमल ठकुरीको उम्मेदवारी निष्क्रिय बनाएर प्रदेश सभा (२) मा माओवादी केन्द्रलाई समर्थन जनाएमात्र प्रतिनिधि सभामा सन्तोष चालिसे र प्रदेशसभा (१) मा छिरिङ दोर्जे लामालाई सघाउन सकिने’ भनेका छन् ।

माओवादी केन्द्रले प्रतिनिधि सभामा मजदुर नेता बद्री बजगाई र प्रदेशसभा (१) तर्फ कपिलमुनि उप्रेतीलाई उम्मेदवार बनाएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले बजगाई र उप्रेतीको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि माओवादी क्षेत्रीय कमिटीले मित्रवत प्रतिस्पर्धाका नाममा कांग्रेसलाई छाड्न नसकिने निर्णय नै गरिसकेको पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार बद्री बजगाइले बताए ।

‘नेपाली काँग्रेसले सहमतिबेगर दर्ता गरेको प्रदेश क्षेत्र(२) को उम्मेदवारी फिर्ता लिएपछि मात्रै माओवादी केन्द्रले संघ र प्रदेश (१) को उमेदवारी फिर्ता लिन सक्छ’, बजगाइले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...