मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँचजनाको मृत्यु
नवलपुर, १३ कात्तिक । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि यात्रु बोकेर जाँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनमा २५ जना घाइते भएका छन् ।
बिहान करिब ४ बजे भएको दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरि चितवन लैजाने तयारी भैरहेको छ ।
थप विवरण आउन बाँकी छ ।