असंवैधानिक रुपमा संसद विघटन गर्दैनौं- काङ्ग्रेस
काठमाडौं, १२ कात्तिक । नेपाली काँग्रेसले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने जनाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समेत पदाधिकारीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार नै भद्रपुर बिमानस्थलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो जनाउ दिएका थिए । घोषणापत्रमै यस्तो प्रतिबद्धता जनाएको काङ्ग्रेसले दलभित्र वा अन्य दलसंगको दुश्मनीले संसद विघटन नहुने दोहोर्याएको छ ।
मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको काङ्ग्रेसले दलहरुको आन्तरिक विवाद र फरक दलहरुको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने कदम अलोकतान्त्रिक र असंवैधानिक समेत भनेको छ ।
हेरौं घोषणापत्रको पुर्णपाठ:-
NC Manifest Cover g 10-28-2022 website