तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु
तनहुँ, १२ कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारमा बसको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ ।
शनिबार विहान ११ बजेको समयमा पोखराबाट चितवन जाँदै गरेको बसले बाटो काट्न लागेका बालकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् भने राजमार्ग यतिबेला अवरुद्ध रहेको छ ।
ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।