दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु
सुनसरी, १२ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना गम्भीर घाईते भएका थिए ।
गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।