छठका लागि रानीपोखरी खुला नगर्ने महानगरको निर्णय

काठमाडौं, १० कात्तिक । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा बनेका पूर्वाधार तथा संरचना पूर्णरुपमा हस्तान्तरण नभइसकेकोले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको बताइएको छ ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।

तीन चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण नभइसकेकाले पूर्वाधार भत्कने वा बिग्रिएमा जिम्मेवारीको समस्यमा हुने भएकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको हो ।

यसैबीच रानीपोखरीमा छठ मनाउन नदिएको भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको आलोचना गर्दै आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय