भीरबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु

दार्चुला, ११ कात्तिक । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बर्खा छल्न लेक उक्लिँदै गोठाला

    ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी...