काठमाडौं ३ र १० मा ‘मित्रवत’ मात्रै

काठमाडौं ११ कात्तिक । सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ र १० सहित केही ठाउँमा गठबन्धन नहुने तर ‘मित्रवत’ प्रतिस्पर्धा हुने भन्दै गठबन्धनका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् ।

शीर्ष नेताले शुक्रबार गठबन्धनको संयुक्त धारणा सहित उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । जसमा काठमाडौं ३ र १० मा गठबन्धन नभएको जनाउ दिएका छन् । यसैगरी नेताहरुले केही स्थानमा देखिएको विवाद पनि छिट्टै समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत् निष्कर्षमा पुर्‍याउने बताएका हुन् ।

विज्ञप्तिमा गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन अपिल समेत गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय