टी२० विश्‍वकपमा आज दुवै खेल रद्द; चार टोलीलाई १-१ अंक

काठमाडौं, ११ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी२० विश्‍वकपअन्तर्गत आजका लागि तय भएका दुवै खेल रद्द भएका छन् । निरन्तरको वर्षाले खेलको टस नै हुन नसकेपछि अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल रद्द भएको हो ।

विहान पौने ९ बजेका लागि तय भएको अफगानिस्तान र आयरल्यान्डबीचको पहिलो खेलमा टस नै हुन सकेन र धेरै समय खेर गएपछि खेल  नै रद्द भएको हो ।

त्यसैगरी दिउँसो पौने २ बजेका लागि तय भएको अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल पनि वर्षाकै कारण टस नै नभई रद्द भयो । इंग्ल्यान्डले यसअघिको खेल पनि वर्षाका कारण डिएल विधिबाट ५ रनले आयरल्यान्डसँग पराजित भएको थियो ।

आजका दुवै खेल रद्द भएपछि चारवटै टोलीले १ १ अंक पाएका छन् । समूह १ मा न्युजिल्यान्ड २ खेलमा ३ अंक जोडेर शीर्षस्थानमा छ भने ३ खेलबाट ३ अंकसहित इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।

समान खेलमा समान अंक भएपनि आयरल्यान्ड र अस्ट्रेलिया नेटरनरेटका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । २ खेलमा २ अंक रहेको श्रीलंका पाँचौं र २ खेलमा १ अंक भएको अफगानिस्तान छैटौं स्थानमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...