पूर्व प्रधानमन्त्री भट्टराईले लगाए टीका

काठमाडौं, १० कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहिनीको हातबाट तिहारको ‘भाइटीका’ लगाएका छन् ।

पुर्व प्रधानमन्त्री डा.भट्टराईले बहिनी पार्वती भट्टराई घिमिरेको हातबाट साइतमै टीका लगाएका हुन् । उनी सँगै उनका भाइ शिवप्रसाद भट्टराईले पनि टीका लगाए ।

भट्टराई सङ्गै उनकी छोरी मानुषी यमी भट्टराई र श्रीमती हिसिला यमीले समेत सँगै तिहारको भाइटिका मनाएका छन् ।

मानुषी आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभाको उम्मेदवार छिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय