गल्छीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ, १० कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश-३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं. ७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं. ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका छन् ।

दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनी समेत गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय