राप्रपाले ३० लाख भोट ल्याउँछ: लिङ्देन

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षले चुनाव नै जित्न हुन्न भन्ने साथीहरूले नै एमालेसंग गरिएको तालमेलको विरोध गरेको बताएका छन् ।

राप्रपाको काठमाडौं क्षेत्र नम्बर-२ ले आयोजना गरेको उम्मेदवार परिचय तथा तिहार,नेपाल संवत् र छठपर्वको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले एमालेले राप्रपालाई भोट दिन्छु भन्नु स्वागतयोग्य कुरा भएको पनि बताए ।

‘पार्टी भित्रकै साथीहरूलाई पनि कतै अध्यक्षले चुनाव पो जितिहाल्छ कि भन्ने डर रहेछ’ भन्दै उनले प्रश्न समेत गरे- ‘एमालेसँग मिल्न किन नहुने ? कसैले राजेन्द्र लिङ्देनलाइ भोट दिन्छु भन्दा टाउको किन दुखाउने ?’

राप्रपाले ३ सिट लिएर एमालेलाई सबै छाडेको भन्ने हल्ला चलाइएको भन्दै उनले राप्रपाको नेताकार्यकर्तामा यस्तो सोचमा परिवर्तन आउनुपर्ने बताए । उनले राप्रपाका नेताकार्यकर्ताले कुनैपनी हिनताबोध लिएर बस्‍न जरुरी नभएको भन्दै पार्टीले ३० लाख भोट ल्याउने ठोकुवा समेत गरे ।

‘देशको न्यायप्रणाली र शासन ब्यबस्थामा परिबर्तन गर्ने अठोट लिएर अगाडी बढेका छौं’, उनले भने- ‘राप्रपाले कति धेरै सिट जित्छ भन्नेकुरा मतपेटिका खोलेर मतगणना गरेपछि थाहा हुन्छ ।’

उनले पूर्वबाट जित सुरु भएर काठमाडौ सहित पश्चिम सम्म जित सुनिश्चित गर्ने ग्यारेन्टी भएको पनि बताए । २०७० को चुनाबमा राप्रपाले समानुपातिक मत जसरी ल्यायो त्यो भन्दा बढी सिट यसपटक प्रत्येक्षमा जित्छौ भन्दै उनले भने- ‘काठमाडौमा बालेन शाह स्टाइलमा हामिले भोट ल्याउछौ, यो कुरा काङ्ग्रेस, एमाले र माओवादीलाई मतको बाकस खोलेर गनेपछि मात्रै थाहा हुनेछ’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय