जेरी र शंकर विवाहको दुई वर्षमै अलग

काठमाडौं, ६ कात्तिक । लोकगायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्रीले सात बर्षको सम्बन्ध टुङ्ग्याएका छन् । पाँच वर्ष प्रेम र दुई वर्ष वैवाहिक जीवन सँगै कटाएका उनीहरुको अदालती प्रक्रिया पूरा भएपछि आजै ‘डिभोर्स’ हुने स्रोतले बतायो ।

जेरीले सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको पुष्टि गरेकी छिन् । यता, शंकरले पनि ‘डिभोर्स’ हुँदै गरेको कुरालाई स्वीकार्दै अब अलग बाटो हिंड्न थालेको पुष्टि गरेका छन् । उनीहरुको २ बर्षकी छोरी छिन् ।

बिहीबार दिउसो १:०० बजे अदालत पुगेका उनीहरु बेलुकी ५:३० सम्म अदालतमै रहेका थिए । तर, सबै प्रक्रिया नपुगेको भन्दै अदालतले आज आईतबार बोलाएको छ । जेरी निकट आफन्तले भने-‘उनीहरुको डिर्भोस हुने पक्कापक्की नै छ ।’

जेरीको जन्म घर गोरखा हो । उनी लामो समयदेखी नेपाली लोकदोहोरी क्षेत्रमा चर्चा कमाएकी कलाकार हुन् । त्यसैगरी शंकर क्षेत्रीको घर नेपालगञ्ज हो । उनीहरु दुवै गायनमा सक्रिय कलाकार हुन् । लाइभ दोहोरी र रेकर्डिङमा पनि उनीहरुको थुप्रै प्रस्तुति रहेका छन् ।

आकस्मिक रूपमा किन ‘डिभोर्स’ हुन लाग्यो भन्ने कुरा दुबैजनाले सार्वजनिक गरेका छैनन् । तर, केही शंका र केही बेमेलको कारण आपसी सहमतीमा नै सम्बन्ध टुङ्ग्याउन लागेको आफन्तलाई बताएका छन् । एक महिना देखि अलग-अलग बस्दै आएका उनीहरुको सम्बन्धविच्छेद भएको अवस्थामा छोरी शंकरले राख्ने सहमति समेत भएको बुझिएको छ ।

यद्यपि अदालतको फैसला आएपछि मात्रै यो निर्णय बारे धारणा सार्वजनिक गर्ने उनीहरुले बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय