नेपाली काङ्ग्रेस काठमाडौं-३ को शुभकामना र चियापान
काठमाडौं, ५ कात्तिक । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-३ क्षेत्रीय प्रचारप्रसार समितिले दिपावली, नेपाल सम्तव् र छठ पर्वको उपलक्ष्यमा चियापान कार्यक्रम गरेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेताकार्यकर्तासहित भ्रातृसंगठनका पदाधिकारी र सदस्य तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
सो अवसरमा काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, क्षेत्रीय सचीव एवं गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, प्रदेस १ का प्रचारप्रसार संयोजक एवं पार्टी प्रदेस १ सभापति श्रीराम चालिसे,प्रदेस सभा उम्मेदवार एवं पार्टी प्रदेश २ सभापति बिमल ठकुरी, प्रदेशसभा उम्मेदवार छिरिङ दोर्जे लामा, पार्टीका काठमाडौ जिल्ला सचिव गोविन्द हरि पुडासैनी लगायतले आगामी मंसिर ४ गतेको चुनाबमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रम समापन गर्दै केन्द्रिय चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक युवा नेता हरिबोल भण्डारीले काङ्ग्रेस र लोकतन्त्र एक अर्काको पर्याय भएको भन्दै काङ्ग्रेसले जितेपछि मात्रै लोकतन्त्र सुदृढ हुने बताए ।