
दान दिएको मत गलत भयो, अब मत लगानी गर्नुस: रेखा थापा (फोटोफिचर)
मोरङ, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य तथा नेपाली चलचित्रकी नायीका एवं मोरङ क्षेत्र नम्बर-३ प्रतिनिधि सभा उम्मेदवार रेखा थापाले जनताले मतदान गर्दा त्यो दान गलत ठाउँमा प्रयोग भएकोले अब ‘मतदान’ होइन मतमा लगानी गर्नुपर्ने बताएकी छिन् ।


मोरङको पथरी-२ मा आयोजित भेटघाटमा उनले भनिन-‘यो पटक मतदान नगरौ मन र मत दिएर राप्रपालाई जिताऔं ।’ उनले आफुले कसैलाई फकाएर मत माग्न नआएको भन्दै गलत ठाउँमा भोट नदिनुस भन्न मात्रै आएको बताइन् ।

उनले देश समृद्ध बनाउने हो भने आफ्नो र सन्तानको भबिस्य बनाउन मत दिने ठाउँ बदल्न आग्रह पनि गरीन । ‘तपाईंको भोट गलत ठाउमा गएकोले तपाइँको छोराछोरी खाडी मुलुक जानुपरेको हो भन्ने नबिर्सनुस’ उनले भनिन्- ‘भोट बैंकको रुपमा मात्रै काङ्ग्रेस,एमाले र माओवादीले जनतालाई लुटेको हो भन्ने अब बुझौ र आफ्नो मत नलुटाऔं ।’
उनले कसैको दया र मायामा बाच्ने भन्दा पनि अधिकार लिएरै छाड्ने संकल्प गर्ने बेला आएकोमा जोड दिइन । रेखाले भनिन-‘यो क्षेत्र बनाउने जिम्मेवारी तपाइँ हामी सबैको हो, त्यसैले म अनुरोध गर्दछु कि हामी सबै मिलेर अब देश बनाउने संकल्प गरौं ।’
उनले पार्टी भन्दा माथि उठेर अहिलेको अवसर लिनुपर्नेमा जोड दिदै आफू स्थानीय छोरी चेली पनि भएकोले विकल्प बनेर आएको बताइन ।
उनले धर्म बेच्ने,धर्म नमान्ने पार्टीलाई मत दिने तपाईंको हात अब हलोमा मत दिनको लागि अगाडी बढाउनुहोला भन्दै आग्रह समेत गरिन् ।
Comments

